…मानिएको छ । पतञ्जलि पतञ्जलिले वेद, इतिहास, पुराण र स्मृतिहरूमा छरिएर रहेका योगहरूको सिद्धान्त र साधन पक्षलाई छरिएका मोतिका दानाहरूलाई मालामा उनेझैं सूत्र रूपले निबद्ध गरिदिएका छन् । उनले रचेका सूत्रहरू यति सरल र सुस्पष्ट छन् कि असंस्कृतज्ञ व्यक्तिहरूलाई पनि त्यसमा दृष्टिपात मात्रले भावार्थ हृदयंगम हुन्छ । संस्कृत साहित्यमा पतञ्जलिको आविर्भाव एक अलौकिक र चमत्कारपूर्ण घटना हो । किनकि यिनले योगसूत्रको मात्र नभई व्याकरण शास्त्रमा अतिशय प्रामाणिक मानिने व्याकरणमहाभाष्यको रचना गरेका छन् । जो स्वयंमा अलौकिक छ । त्यो महाभाष्य स्वयं स्वतन्त्र ग्रन्थ नभई पाणिनिरचित अष्टाध्यायी नामक व्याकरण सूत्रको व्याख्यानात्मक ग्रन्थ हो । हुन त यो महाभाष्य व्याकरण सूत्रको व्याख्यानको रूपमा प्रसिद्ध छ तर वास्तवमा हेर्ने हो भने यो भाष्य सूत्रमाथि लेखिएको वार्तिकको व्याख्यान रूप हो । अनेकौं पश्चिमी विद्वान् र तिनका अनुयायी पूर्वीय विद्वानहरूले पनि योगसूत्रकार र महाभाष्यकारलाई अलगअलग व्यक्ति हो भनी सिद्ध गर्ने कुचेष्ट गरेका छन् । तर यो कुरा भारतीय सम्प्रदायमा, चाहे त्यो सम्प्रदाय व्याकरणको होस् अथवा योगको वा आयुर्वेदको होस्, सबैले पतञ्जलिलाई एक व्यक्तिकोरूपमा स्वीकार गरेका छन् । वैयाकरण भर्तृहरिले आफ्नो “वाक्यपदीय’’ नामक ग्रन्थको ब्रह्मकाण्डमा “चरकसंहिता”, “योगसूत्र” र “महाभाष्य” यी तीनैको कर्ताको रूपमा पतञ्जलिलाई प्रतिपादन गरेका छन् –“कायवाग्बुद्धिविषया ये मलाः समुपस्थिताः चिकित्सालक्षणाध्यात्मशास्त्रैः तेषां विशुद्धयः ।।” वाक्यपदीको टीकाकार पुण्यराजले यो श्लोकको आशय निकालेका छन् कि यसमा पतञ्जलिको प्रशंसा गरिएको छ । योगसूत्रमाथि राजमार्तण्डवृत्ति लेख्ने भोजराजले त असंदिग्ध रूपमा महाभाष्यकारलाई नै वैद्यकशास्त्र र योगसूत्रको रचयिता मानेका छन् “शब्दानामनुशासनं विद्धता, पातञ्जले कुर्वता, वृत्तिं राजमृगाङ्कसंज्ञकमपि व्यातन्वता वैद्यके । वाक्चेतोवपुषां मलः फणमृतां भत्र्रेव येनोद्धृतस्तस्य श्री रणरंगमल्लनृपतेर्वाचो जयन्त्युज्ज्वलाः ।।” जति पनि प्राचीन दार्शनिक लेखकहरू भए, तिनीहरूको लेखबाट यो तथ्य अगाडि आएको छ कि उनीहरूको समयसम्म अनेक पतञ्जलि, अनेक व्यास मान्ने कुनै शङ्का उपस्थित भएको थिएन । उनीहरू निभ्र्रान्त रूपबाट एकै पतञ्जलि एकै व्यासलाई मान्ने गर्दथे । ( यो कुरा छुट्टै हो कि पुराणहरूमा व्यासजीलाई कल्प भेदमा अलगअलग मानिएको छ । तर एउटै कल्पमा चाहिँ अलगअलग मानिएको छैन ।) यो त पश्चिमी विद्वान्हरूको देन हो कि हाम्रै संस्कृतिमा घुसेर हामीले प्रतिपादन गरेका चीजहरूलाई अनेकौं विपत्तिहरू दिएर हामीलाई नै भ्रान्त गराउन खोजिरहेका छन् । धेरै मात्रामा सफल पनि भएका छन् । किनभने हाम्रा पूर्वीय विद्वानहरूले पनि उनीहरूकै अनुकरण गर्न थालिसकेका छन् । गुणग्राहिता र अनुकारितामा धेरै अन्तर हुन्छ । गुणग्राहिता स्वयं एक गुण हो जस्मा विवेचन शक्तिको प्राधान्य हुन्छ र अनुकारिता स्वयं एक बुद्धि मान्धताको सूचक हो । वेदव्यास यदि योगसूत्रमाथि प्राचीन, प्रामाणिक र निभ्र्रान्त टीका खोज्ने हो भने व्यास भाष्य नै यस्तो टीका मिल्ने छ । किनकि व्यास भाष्य योगसूत्रको सर्वोत्तम प्राचीन टीका हो । यद्यपि यस भाष्यका अनेकौं वाक्यहरू साकाङ्क्ष भएको हुनाले क्लिष्ट भए झैं लाग्छ तैपनि योगको परिभाषिक शब्दविद्हरूलाई ती वाक्यहरू सुगम नै लाग्छन् । यस भाष्यका रचनाकार महर्षि भगवान् वेदव्यास हुन् । यी व्यासभाष्यकारको विषयमा विद्वान्हरूमा मतैक्य छैन । वेदव्यासको विषयमा उनीहरूकोे धारणा यसप्रकारको छ ः– १. योगभाष्यको रचनाकार वेदव्यास होइनन् । २. अथवा, व्यास नामक व्यक्तिद्वारा रचित भए तापनि ती व्यास, पुराणहरूको रचयिता वेदव्यासभन्दा भिन्न हुन् । ३. ब्रह्मसूत्रको रचयिता वादरायण (व्यासको अर्को नाम) पनि यी दुबै व्यासबाट भिन्न हुन् । यसरी हामी यहाँ देख्न सक्छौ कि विद्वानहरूले कसरी विप्रतिपत्ति फैलाएका छन् । पुराण, ब्रह्मसूत्र र योगभाष्य यी…
0 Search Results found for label/तत्त्ववैशारदी टीका
पातञ्जलयोगसूत्रम् तत्त्ववैशारदीविभूषितव्यासभाष्योपेतम् (१/१२)
अथासां निरोधे क उपाय इति । अभ्यासवैराग्याभ्यां तन्निरोधः ॥१२॥ व्यासभाष्यम् चित्तनदी नामोभयतो वाहिनी वहति कल्याणय वहति पापय च । या तु कैवल्यप्राग्भारा विवेकविषयनिम्ना सा कल्याणवहा । संसारप्राग्भाराऽविवेकविषयनिम्ना पापवहा । तत्र वैराग्येण विषयस्रोतः खिलीक्रियते , विवेकदर्शनाभ्यासेन विवेकस्रोत्र उद्धाट्यत इत्युभयाघीनश्चित्तवृत्तिनिरोधः ॥१२॥ तत्त्ववैशारदी निरोधोपायं पृच्छति – अथेति । सूत्रेणोत्तरमाह – अभ्यासवैराग्याभ्यां तन्निरोधः । अभ्यासवैराग्योर्निरोधे जनयितव्येऽवान्तरव्यापारभेदेन समुच्चयः , न तु विकल्प इत्याह – चित्तनदीति । प्राग्भारः प्रबन्धः । निम्नता गम्भीरता अगाधतेति यावत् ॥१२॥…
पातञ्जलयोगसूत्रम् तत्त्ववैशारदीविभूषितव्यासभाष्योपेतम् (१/२१)
ते खलु नव योगिनो (भवन्ति) मृदुमध्याधिमात्रोपाया भवन्ति । तद् यथा – मृदूपायः, मध्योपायः, अधिमात्रोपाय इति । तत्र मृदूपायोऽपि त्रिविधो मृदुसंवेगः, मध्यसंवेगः, तीव्रसंवेग इति । तथा मध्योपायस्तथाऽधिमात्रोपाय इति । तत्राधिमात्रोपायानाम् – तीव्रसंवेगानामासन्नः ॥२१॥ व्यासभाष्यम् समाधिलाभः समाधिफलं च भवतीति ॥२१॥ तत्त्ववैशारदी ननु श्रद्धाऽऽदयश्चेद् योगोपायास्तर्हि सर्वेषामविशेषेण समाधितत्फले स्याताम् । दृश्यते तु कस्यचित्सिद्धिः, कस्यचिदसिद्धिः, कस्यचिच्चरेण सिद्धिः, कस्य चिच्चिरतरेण सिद्धिः, कस्यचित् क्षिप्रमिति । अत आह – ते खलु नवयोगिन इति । उपायाः श्रद्धाऽऽदयो मृदुमध्याधिमात्राः प्राग्भवीयसंस्कारादृष्टवशाद् येषां ते तथोक्ताः । संवेगः वैराग्यम् । तस्यापि मृदुमध्यतीव्रता प्राग्भवीयवासनाऽदृष्टवशादेवेति । तेषु यादृशां क्षेपीयसी सिद्धिस्तान् दर्शयति सूत्रेण – तीव्रसंवेगानामासन्न इति सूत्रम् । शेषं भाष्यम् । समाधेः सम्प्रज्ञातस्य फलमसम्प्रज्ञातस्तस्यापि कैवल्यम् ॥२१॥…